ताप्लेजुङ जिल्ला फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, सङ्सङबो निवासी स्व.कागबहादुर माबोहाङकी श्रीमती कुमारी फोम्बो माबोहाङको २०११ सालमा जन्म भई २०८३ साल बैसाख १३ गते बिहान यगुदिङ चङ्सिङ (निधन) भएको खबरले सिङ्गो माबोहाङ परिवार स्तब्ध र मर्माहत भएका छौं । मृतक कुमारीको आत्माप्रति चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । सोकसन्तप्त माबोहाङ परिवारलाई 'तागेरा निङ्वाफू माङ'ले सोकलाई शक्तिमा रुपान्तरण गर्ने उर्जा दिउन् भनि गहिरो समवेदना ब्यक्त गर्दछौं ।
थाकथाकुम माबोहाङ वंश उत्थान प्रतिष्ठान नेपाल
केन्द्रीय, कार्यालय
फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, पिपुथाप
लिम्बुवान, ताप्लेजुङ ।